नेकपा केन्द्रीय सदस्यले नै मागे प्रधानमन्त्री ओलीको राजीनामा

9.58K
shares

मुक्तिखबर,काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाकै एक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।केन्द्रीय सदस्य निरज आचार्यले यसअघि आफूले गल्ती गर्दा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त पेश गर्दै आचार्यले ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका हुन्।

पार्टी फुटाउन सजिलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन, विपक्षी दलको नेताविनै संवैधानिक परिषदको बैठक राख्न सक्ने गरी सरकारले जारी गरेको अध्यादेश फिर्ता भएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ। अध्यादेश फिर्तापछि एकाएक रक्षात्मक बनेका ओलीले राजीनामा दिनुपर्ने आवाज पार्टीभित्र र बाहिर उठ्न थालेको छ।

आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्टप्रधान मन्त्री र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले शिक्षामन्त्री को पदवाट नैतिकताका आधारमा राजीनामा दिए।

६४ को संविधान सभामा आफ्नोदल पराजीत भएर तेस्रो स्थानमा पुगेपछि नैतिकता का आधारमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाले पदवाट राजिनामा दिइएको र वर्तमान सरकारको मन्त्री परिषदका सदस्यहरु शेरबहादुर तामाङ र गोकुल वास्कोटाले फरक फरक समय र फरक विषयमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीननमा गरेका उदारणहरु छन्।’

उनले राजनीतिमा नैतिकताको मूल्यको अर्थ रहनु पर्ने उल्लेख गर्दै अगाडि भनेका छन्, ‘राजनीतिमा नैतिकता भन्ने चिजको ठुलो महत्व छ । निष्ठा, ईमान्दारीता र नैतिकता विनाको पद प्राणहिन शरीर जस्तो हुदो हो।’