ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

6.81K
shares

काठमाडौं ।

अभद्र व्यवहार गरेको भनी आरोप लागि प्रक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले मंगलबार सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयक्त इजलासले कानून बमोजिम थुनामा राखेको देखिएको उल्लेख गर्दै शाहीलाई रिहा गर्न आदेश दिएको हो ।

शाहीलाई कानून बमोजिम अपनाउनु पर्ने प्रकृया नै पूरा नगरी थुनामा राखेको पाइएको सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले शाहीलाई पक्राउ गर्दा संक्रामक रोग ऐन, २०२० अनुसार पूर्जी जारी गरिएको भएपनि म्याद थप गर्दा अभद्र व्यवहार अनुसार कारवाही अगाडि बढाएको पाइएको उल्लेख गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083