प्रचण्डलाई फेसबुकमा गालीगलौज गरेको भन्दै रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ
वि.सं.२०७७ वैशाख १८ बिहीवार ११:५३
6.05K
shares
shares

काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल फेसबुकमार्फत् गालीगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पत्रकार दीपक पाठक पक्राउ परेका छन्।
बिहीबार बिहान उनलाई जडिबुटीबाट उनलाई पक्राउ साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। ‘विद्युतीय ऐनअन्तर्गत हामीले आज बिहान उनलाई जडिबुटीबाट पक्राउ गरेका छौं,’ अर्यालले भने।
उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष दाहाललाई फेसबुकमा गालीगलौज गरेका थिए।’उनीविरूद्ध निवेदन परेको थियो त्यसैले अदालतबाट अनुमति लिएर पक्राउ गरेका हौं,’ उनले भने।





























