ओलीको प्रस्तावले प्रचण्ड-नेपाल थप सशंकित
वि.सं.२०७७ वैशाख १९ शुक्रवार ०९:४०
9.53K
shares
shares

काठमाडौँ ।
प्रधानमन्त्री केपी ओलीको नयाँ प्रस्तावप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल संशकित देखिएका छन्।
संघीय संसद्का प्रतिनिधि नै नरहेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका छन्। दाहाल-नेपाल पक्षका नेताले त्यसलाई ‘हावादारी प्रस्ताव’को संज्ञा दिँदै स्वीकार गर्न नसकिने बताएका छन्।
अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा तीन प्रस्ताव पेस गरेका थिए। कोरोना संकट टरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने, आफूपछि गौतमलाई संसद्मा ल्याएर प्रधानमन्त्री बनाउने अनि वरिष्ठ नेता नेपाललाई पार्टी विधान संशोधन गरी तेस्रो अध्यक्ष बनाउने उनको प्रस्ताव थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।





























