विस्फोटक पदार्थ पहिचान र नष्ट गर्न आग्रह

10.26K
shares

काठमाडौँ।

बाल हिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी) नेपालले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम खेलाउने क्रममा चार बालबालिकाको मृत्यु भएकामा चिन्ता व्यक्त गरेको छ ।

बम डिस्पोजल नभएकाले सो क्षेत्र अझै असुरक्षित रहेको जनाउँदै समूहले सरकारलाई बारुदी सुरुङ र विस्फोटक पदार्थ रहेका स्थान पहिचान तथा नष्ट गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

समूहका अध्यक्ष कृष्णचन्द्र आचार्यले शनिबार विज्ञप्ति जारी गरी आगामी दिनमा यस्त घटना नदोहोरियोस् भन्नका लागि जोखिम सचेतना शिक्षा सञ्चालन र कानूनी प्रावधानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा पीडित परिवारलाई यथोचित राहत दिन र घटनाको सत्यतथ्य छानबिनको पनि माग गरिएको छ ।

उक्त गाउँपालिकामा यही वैशाख १८ गते सो घटना भएको थियो । सो समूहमा बालअधिकारका क्षेत्रमा कार्यरत नौ राष्ट्रिय सञ्जालहरु आबद्ध छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083