सिन्धुपाल्चोकमा विभिन्न ठाउँमा बाढी, दुईको मृत्यु, १८ बेपता, २० घर बगे
वि.सं.२०७७ असार २५ बिहीवार १०:२४
shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भोटेकोशी र याल्मो नदीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।बाह्रबिसे ५ जम्बुका दुई जनाको शव भेटिएको छ भने १८ जना बेपता भएका छन् । जम्बुमा केही घर बगाएको स्थानीयले जानकारी दिएका छन् ।
जम्बु बाह्रबिसे बजारबाट करीब ३ किलोमिटर माथि पर्दछ । बाह्रबिसे नगरपालिका ३ खागदलमा बाढीले कच्ची र पक्की गरी २० घर बगाएको छ ।
बाढीले एक स्कर्पियो, एक ट्रक र एक पानी बोक्ने ट्याक्कर बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उनका अनुसार बाह्रबिसे नगरपालिका भन्दा माथि खागदल पुल बगाएको छ । पुल बगाउँदा बाह्बिसे माथि र तलको सम्पर्क टुटेको छ ।
जसका कारण बाढीले क्षति पुर्याएको जम्बुमा प्रहरी पुग्न सकेको छैन् । मध्य भोटेकोशीको निर्माण स्थल पनि बाढीका कारण ध्वस्त भएको छ । यसैगरी जुरे पहिरो अगाडि लगभग सय मिटर सडक पनि खोलाले कटान गरेको छ । थप विवरण आउन बाँकी





























