पत्रिकाको ग्राहक बन्छु भन्दै कोठामा लगेर बलात्कार गर्ने पक्राउ
वि.सं.२०७७ साउन ७ बुधवार १४:४३
shares

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मध्यपुर अस्पताल अगाडी मासु पसल संचालन गर्ने राजेश भण्डारी नाम बताउने ब्यक्तीले पत्रिकाको ग्राहक बनाउने काम गर्ने १७ वर्षकी एक युवतीलाइ कोठामा लगेर जबर्जस्ति करणी गरेका छन् ।
पत्रिकाको ग्राहक बन्छु तर पैसा कोठामा छ, सँगै जाउ भनी आफ्नो सुर्यबिनायक न.पा. वडा नं. ४ स्थित डेरा कोठामा लगी जबरजस्ती करणी गरे पश्चात कोही कसैलाई भनिस भने मारीदिन्छु भनी धाक धम्की दिएकोमा निज पीडितले आफुलाई जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेकोमा गर्भवती भई मिति २०७६।१०।२६ गते एक बालकलाई जन्म दिए पश्चात प्रहरीको उजुरी दिन पुगेकी थिईन ।
जबरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिए पश्चात प्रहरीले पिडकको खोजतलास गर्ने क्रममा मध्यपुर अस्पताल अगाडी संचालनमा रहेको मासु पसल खोज्दै जाँदा उनि पसल बेचेर फरार भैसकेका थिए ।
उक्त पसल किन्ने व्यक्तिसंग सोधपुछ गर्दा बेच्ने व्यक्ति रामेछाप खाँडदेवी गा.पा. वडा नं. ९ का सुरेश भण्डारी रहेको खुल्न आएको छ । उनलाई प्रहरीले काठमाडौँको कालिमाटीबाट नियन्त्रणमा लिएको हो, उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


















