नागरिक मैत्री सेवा प्रवाह गर्न डीआईजी कुँवरको निर्देशन
वि.सं.२०७९ माघ ७ शनिवार १३:१०
shares

जनकपुर । प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै डीआईजी बसन्त कुँवरले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा प्रदान गर्नु पर्ने बताएका छन्। अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनै पनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड समेत दिएका थिए। साथै संगठनले अंगिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन समेत उनले निर्देशन गर्नुभएको छ ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले डीआईज कुँवर समक्ष बारा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनु भएको थियो ।































