टेकपाना मिडियालाई तिन दिन भित्र खण्डन सहितकाे समाचार प्रकाशन गर्न प्रेस काउन्सिलकाे निर्देशन

4.63K
shares

काठमाडौं । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले  रिपोर्टिङका क्रममा टेकपाना मिडियाका सञ्चारकर्मीमाथि दुर्व्यवहार  शिर्षकमा गरेको  प्रकाशित समाचारप्रति प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ। गत बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै टेकपानाले उक्त दुर्व्यवहारको घटनाको निन्दा गरेको समाचारप्रती थापाले सञ्चारकर्मीमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताउदै अाएका थिए ।

यसै बिषयलाई लिएर थापाले हिजाे (मङ्गलबार) प्रेस काउन्सिलमा पुगेर टेकपाना अनलाईन बिरुद्ध उजुरि दिएकाे बताए । उजुरि दिए लगत्तै अाज नै  काउन्सिलले एक विज्ञप्तिमार्फ टेकपाना मिडिया प्रा.लि (techpan.com) लाई खण्डन सहित सत्य तथ्य  समाचार प्रकाशन गरि  तिन दिन भित्र  जवाफ पठाउन निर्देशन समेत दिएकाे छ ।
(विज्ञप्ति सहित)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083