प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेकाे प्रमुख आतिथ्यतामा “स्वगत तथा फेरी भेटौला कार्यक्रम” सम्पन्न
वि.सं.२०८१ जेठ ३ बिहीवार ००:४९
4.76K
shares
shares

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेकाे प्रमुख आतिथ्यतामा स्वगत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम बिकाश शाखा भरतपुर, चितवनबाट इलाका प्रहरी कार्यालय,खुर्कोट सिन्धुलीमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक एल्जिना राईको स्वागत तथा इलाका प्रहरी कार्यलय खुर्कोट ,सिन्धुलीबाट नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभाग संघिय अपराध अनुसन्धान शाखा नक्शाल काठमाडौं सरुवा भई जान लाग्नु भएका प्र.नि सबिता के.सि. को फेरी भटौला (बिदाई) कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा कार्यलयका प्रमुखद्वारा मायाको चिनो प्रदान गरी प्रहरी निरीक्षक सबिता के.सिलाई आगामी दिनहरु सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो।
































