Bhudhanilkantha Social youth Club को पहल : स्वच्छ वातावरणका लागि उदाहरणीय सरसफाइ कार्यक्रम”

बुढानिलकण्ठमा सरसफाइ अभियान सम्पन्न: “Community Unity for Growth” सन्देशसहित उदाहरणीय पहल

3.87K
shares

बुढानिलकण्ठ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ अन्तर्गत चुनिखेल मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

Bhudhanilkantha Social youth Club  को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा स्वच्छता र समुदायिक एकताको सशक्त सन्देश दिएको छ। कार्यक्रममा सहभागीहरूले मन्दिर परिसर, सडक तथा सार्वजनिक स्थलहरूमा सरसफाइ गर्दै वातावरण संरक्षणप्रति सचेतना फैलाएका थिए।

उक्त अभियानलाई प्रोत्साहन गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र कुमार भुषाल, सम्बन्धित वडाका अध्यक्ष तथा स्वतन्त्र विद्यार्थी यूनियन, बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, Bhudhanilkantha Social youth Club का अध्यक्ष सन्दिप श्रेष्ठ लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, युवा तथा सर्वसाधारणको  उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । यस्ता प्रकारका सामुदायिक अभियानले स्वच्छ वातावरण निर्माणसँगै आपसी सहकार्य र एकताको भावना मजबुत बनाउने अपेक्षा गरिएको छ।