टेलिकमको फोरजी विस्तारका लागि ६५ प्रतिशत सर्भे सकियो
वि.सं.२०७६ वैशाख ५ बिहीवार १७:२०
shares

काठमाडौं। नेपाल टेलिकमको फोरजी र एलटीई सेवा विस्तारका लागि ६५ प्रतिशत क्षेत्रमा सर्भे सकिएको छ। कोर नेटवर्कका लागि उपकरणको आयात पनि सुरु भएको छ।
फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन्। उनीहरुले फोरजी विस्तारका लागि हाल सर्वेक्षणको काम तीव्र पारेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।
टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गर्नेछ। यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ।
र्यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ। एक वर्ष भित्रमा परियोजना सम्पन्न गर्ने गरी गत माघ २० मै सम्झौता भइसकेको छ।
नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति ०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजीरएलटीई सेवा सञ्चालन गरेको थियो। देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ(आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ।
यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार गर्न सकिनेछ।
‘हामीले फोरजी विस्तार गरेपछि २०२५सम्म अधिकतम् लाभ लिन सक्नुपर्छ, टेलिकमका प्रवन्ध निर्देशक डिल्लराम अधिकारीले भने,’त्यसपछि अर्को १० वर्ष फाइभजी र फोरजीको सेवा समानान्तर रुपमा जान्छ।
टेलिकममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीले हाल विस्तार हुने फोरजीको पूर्वाधार पछि फाइभजीमा जाने समयमा पनि उपयोग हुने बताए । ‘फोरजीका लागि तयार गरिने टावर र पावर स्टिम फाइभजीको लागि पनि हुन्छ,’ अधिकारीले भने,’यो सेवा विस्तार भएपछि कम्पनीलाई पनि लाभ हुन्छ भने ग्राहकले पनि थप स्तरीय सेवा पाउँछन्।




















