‘प्रचण्ड विश्व राजनितिमा कहिल्यै नअस्ताउने तारा हुन्’

9.46K
shares

विश्व उपनिवेशको पञ्जामा हुँदा नेपाल एक स्वतन्त्र शक्तिशाली राष्ट्रको रुपमा विश्वलाई चक्मा दिदै अडिरह्यो। हिमालयको देशका हामी नेपालीले कुनै साम्राज्यको दास बन्नु परेन, सगरमाथाले झुक्नु परेन, झुकेन। यतिमात्र होईन, हाम्रा पुर्खाले विकास गरेको सभ्यता कहिल्यै मगन्ते बनेन, पुर्खाहरुले कसैसँग हात फैलाएनन्। बरु हाम्रै पुर्खाले बाहिरी विश्वलाई उद्धार भावले सहयोग गर्यो। यति गौरव पुर्ण ईतिहास हुँदा हँदै पनि पुर्खाहरुले विकास गरेको राजनीतिले समाजमा समता मुलक र न्यायिक शासन व्यवस्थाको विकास गर्न सकेन।

देशको मुल नेतृत्व वंशीय बन्यो, देशका कयौ भुभागहरु आन्तरिक उपनिवेश जस्तै बन्न पुगे, जनजाती, महिला, दलित धार्मिक अल्पसंख्यकहरु राज्य विहिन जस्तै बने, राज्यले अविभावकत्व दिन सकेन, अझ समाजका सिमान्तकृत समुदायलाई उत्पीडनको गह्रुंगो भारी थोपरियो। समय बद्लियो, विश्व राजनीति र शक्ति सन्तुलनमा बद्लाव आयो तर हाम्रो राज्यले स्रोतहरु जनताको आवश्यकतासँग जोड्न नसक्दा, प्राकृतिक स्रोत र साधनहरुको पहिचान र विकास गर्न नसक्दा देश धर्मराउन थाल्यो, जनताका आवश्यकतालाई शासकले अवमुल्यन गर्दा देशले कैयौं पटक आन्तरिक लडाई लड्नु पर्यो, आफ्नै लागी लड्दा लड्दै, सपना देख्दा देख्दै कैयौ योद्धाहरु शहिद भए कैयौ बाचेर संघर्षमै छन्, हिजोको गौरवता आज निरीह बनेको छ, कयौ सपनाहरु देश विर्सिए आफन्त विर्सिए र पलायन भएका छन्, हामी मगन्तेमा रुपान्तरण भएका छौ, फेरि हामी सपना देख्दै छौं।

विदेशमा बस्ने नेपालीहरु पराईको देशमा बसेर नेपालमा विकास किन भएन ? भनी प्रश्न गर्छन् लाग्छ, नेपालमा ती मनुवाहरुले बधुवा कामदार राखेर विदेशमा ऐस आराम गर्न सयर गरि रहेका छन्। अमेरिका, वेलायत, रुस, चिन जस्ता विकाशित देशहरु कसरी विकशित भए ? अमेरिका बाहिरी विश्वका लागी सपनाको भुमी कसरी बन्यो ? प्राकृतिक श्रोत र साधन कुनै देशसँग बढी होला कुनैसँग कम तर विकास सम्भावना सवै देश र भुगोलको उस्तै हो विकास समय सापेक्षताको गति हो।

अमेरिकामा लोभ लाग्दा सडकहरु, सुत्न मिल्ने रेल स्टेसन, पानी पिउन मिल्ने नदिहरु आफैं बनेका होईनन्, अमेरिका अमेरिका बन्न, वेलायत-वेलायत बन्न र जापान जापान बन्न नागरिकको रगत र पसिना माटोमा सिंचित भएका हुन्। पुर्खाहरुको रगत र पसिनालाई अमेरिकिहरु सम्मान गर्छन, जर्मनहरु माया गर्छन नेपालीहरु‘! एउटा देशको नागरिकलाई देशको माया हुनुपर्छ, पुर्खाका कामप्रति गौरव हुनुपर्छ।

समय बदलियो, विश्व राजनीति र शक्ति सन्तुलनमा बदलियो आयो तर हाम्रो राज्यले स्रोतहरु जनताको आवश्यकतासँग जोड्न नसक्दा, प्राकृतिक स्रोत र साधनहरुको पहिचान र विकास गर्न नसक्दा देश धर्मराउन थाल्यो, जनताका आवश्यकतालाई शासकले अवमुल्यन गर्दा देशले कैयौं पटक आन्तरिक लडाई लड्नु पर्यो, आफ्नै लागी लड्दा लड्दै, सपना देख्दा देख्दै कैयौ योद्धाहरु शहिद भए कैयौ बाचेर संघर्षमै छन, हिजोको गौरवता आज निरीह बनेको छ, कयौ सपनाहरु देश विर्सिए आफ्न्त विर्सिए र पलायन भएका छन, हामी मगन्तेमा रुपान्तरण भएका छौ, फेरि हामी सपना देख्दैछौं।

तर अमेरिकामा बस्ने केही डिभीधारीहरु (दयाका पात्रहरु) अमेरिका आफैले बनाएको ठान्छन्। त्यहाँको मानव अधिकारका मसिहा आफैलाई सम्झन्छन्, अमेरिकी सरकार आफ्नै पिछलग्गु सम्झन्छन्। अमेरिकामा बसेर घटिया व्यवहार गर्छन, देशको वेइजतीमा, अविभावकको वेईजतीमा गर्भ गर्छन्।

लाग्थ्यो, नेपालीहरु विदेश गए पश्चात तिनीहरुको खोपडी बदलिन्छ होला तर मिथ्या रहेछ। भर्खरै देशको अभिभावक, विश्व राजनितिको केन्द्र भाग, विश्व राजनीतिले नेता स्विकारेको एउटा व्यक्तित्व, दक्षिण एसियाको सम्मानित नेता अमेरिका भ्रमणमा जाँदा अमेरिकामा बस्ने डिभीधारीहरुले एउटा नाटक मन्चन गरे। सायद उनीहरुलाई लाग्यो होला प्रचण्डको वेईजत गर्दा मिडिया पात्र बन्न सकिन्छ, तर एकाध मुरकुट्टाहरुका कुर्तुत कार्यले देशको वेईजत भयो, देशको शिर निहुरियो, बलिदानीको अवमुल्यन भयो। यदि प्रचण्डको ठाउमा शेरबहादुर हुन वा केपी जोसुकै हुन नेपाली भएर विदेशी माटोमा आफ्नै अविभावकको वेईजत गर्नु एउटा असल मानवता र बौद्धिकता हुन सक्छ ?

साच्चै नेपालीले त्यसो गर्न सक्दैन, यदि नेपालीको नाममा कसैले गर्छ भने त्यो स्मार्ट एजेन्ट हुनुपर्छ। देउवा, वली वा प्रचण्ड जो सुकैको अन्र्तराष्ट्रिय माटोमा वेईजत हुदा नेपाली सगरमाथाको ईज्जत बढ्न सक्दैन, गौतम बुद्धको गौरव बढ्न सक्दैन। देशमा संघियता आएको छ, वंशको आधारमा सत्ता दोहन गर्नेहरु हारेका छन्, स्थानिय जनताका सरकार बनेका छन, तराई मधेश, पहाड, हिमाल, जाती जनजातीहरुका मुद्धाहरु स्थापित भएका छन्, समाजमा सदियौ देखि उपेक्षित दलित समुदायले अधिकारको अनुभुति गर्न पाएको छ, लैंगिक मुद्धाहरु बलियो रुपमा स्थापित भएका छन यी सवै उपलब्धिहरु कस्को कारणले प्राप्त भए ? म लडेर आएको हो ? कोही कसैले प्रचण्डको योगदानमा कन्जुसाई गर्नु हुदैन।

हिजो प्रचण्डले अख्तियारी गरेका मुद्धाहरु स्थापित हुदा गर्भ गर्नेहरुले प्रचण्डलाई अपराधी देख्नु आतंककारी देख्नु र पराईको माटोमा देशको अविभावक माथी निर्लज्ज भएर प्रहार गर्नु प्रचण्ड भन्दा देश प्रतिको प्रहार हो, अहिलेका उपलब्धि माथीको प्रहार हो। देशको वेईजती गरेर कसैले पुरस्कृत हुने रहर गर्छ भने त्यो माटो प्रति, पुर्खा प्रति, राष्ट्रियता प्रति, आफ्नै आमा र सन्तान प्रति अनुउत्तरदायीताको पराकाष्ट हो। पछिल्लो समय नेपाली राजनितिमा संकुचितता भयावह रुपमा विकास भएको छ।

हामीले नेपालमा बस्ने अमेरिकीहरु देखेका छौ तर अमेरिका बस्ने तर निच व्यावहार गर्ने प्रवृतिका नेपाली प्रवृति भएका अमेरिकनहरु कोहि देखिदैनन् यहाँ। स्वभाविक रुपमा नागरिकमा राजनैतिक, सामरिक र बैचारिक मत भिन्नता हुनुलाई अन्यथा लिनु हुदै र पनि देशको नेतृत्वको रक्षा कसरी गर्ने, देशको छवि अन्र्तराष्ट्रिय जगतमा कसरी संग्लो र उच्च पार्ने विश्वमा जुन सुकै देश र भुभागमा बस्ने नेपालीको दायित्व हो। होईन भने दाष बौद्धिकता, पलायन बौद्धिकता र व्यापारीक बौद्धिकता अहिलेको नेपाली समाजका लागी आवश्यक छैन र होईन पनि।

साच्चै नेपालीले त्यसो गर्न सक्दैन, यदि नेपालीको नाममा कसैले गर्छ भने त्यो स्मार्ट एजेन्ट हुनुपर्छ। देउवा, वली वा प्रचण्ड जो सुकैको अन्र्तराष्ट्रिय माटोमा वेईजत हुदा नेपाली सगरमाथाको ईज्जत बढ्न सक्दैन, गौतम बुद्धको गौरव बढ्न सक्दैन। देशमा संघियता आएको छ, वंशको आधारमा सत्ता दोहन गर्नेहरु हारेका छन्, स्थानिय जनताका सरकार बनेका छन, तराई मधेश, पहाड, हिमाल, जाती जनजातीहरुका मुद्धाहरु स्थापित भएका छन्, समाजमा सदियौ देखि उपेक्षित दलित समुदायले अधिकारको अनुभुति गर्न पाएको छ, लैंगिक मुद्धाहरु बलियो रुपमा स्थापित भएका छन यी सवै उपलब्धिहरु कस्को कारणले प्राप्त भए ? म लडेर आएको हो ? कोही कसैले प्रचण्डको योगदानमा कन्जुसाई गर्नु हुदैन।

अहिले नेपाली जनताले प्राप्त गरेका राजनैतिक अधिकार कसैले पुरस्कारको रुपमा निगाह बक्सिएको होईन्न तिनै प्रचण्ड, केपी र देउवाको पुस्ताको नेतृत्वको त्याग र बलिदानीले प्राप्त गरेका परिणाम हुन्। भलै हाम्रो राजनितिमा ईमान्दारीताको विकास हुन सकेको छैन, नैतिकताको संकट अहिले पनि छ, भ्रष्टहरुलाई निरुत्साहित गर्न सकिएको छैन, हाम्रो पुस्ताले यसका विरुद्ध लड्न बाकी छ। डिभि चिठ्ठा बाट अमेरिका प्रवेश गरेर केहि लाख डलर कमाउने वितिकै स्वघोषित बौद्धिक घोषणा गरेर देशको गरिमा, प्रतिष्ठा र नेपाली जनताका लागी सिंगो जिवन समर्पण गर्ने नेतृत्व माथी प्रहार गर्न एउटा शिक्षित बौद्धिक व्याक्तिलाई लाज लाग्नु पर्छ, लाग्छ पनि।

द्धवन्द व्यावस्थापनका दृष्ट्रिले प्रचण्ड अहिले पनि विश्व राजनितिको केन्द्रमा छन, देशको राजनिति प्रचण्ड केन्द्रित छ। प्रचण्ड माओवादी नेता र वयत्ति होईन, एकाईसौ शताब्दिको उत्पिडितहरुको सम्मानित सस्थाको रुपमा विकास भएको विचार हो, नेतृत्व हो। प्रचण्डको कद अर्को युगमा अझै बढ्ने छ, अहिले प्रचण्ड हात्ति जस्तै बनेका छन, कोहि कोहि भुसुना जन्मिएका छन। भुसुनाहरुले हात्तिलाई चुस्न खोजि रहेका छन आफु अलि तन्दुरुस्त देखिनलाई, तर प्रचण्डलाई ईतिहासका कुनै पनि काल खण्डले उपेक्षित गर्न सक्दैन गर्न मिल्दैन।

प्रचण्ड राजनितिको आवश्यकता विश्व राजनितिमा अझ विकास भएको छ, घटेको छ त केवल घटिया राजनितिमा घटिया प्रवृति। विश्व राजनितिमा प्रचण्ड को हुन भन्ने शन्देश प्रचण्डको अमेरिका भ्रमणमा अमेरिकाले नो ईन्भेष्टिगशन सर्कुलर जारी गर्दै अन्र्तराष्ट्रिय नेताको रुपमा स्विकार गरेर पुष्टि गरि दियो। प्रचण्ड अमेरिकीहरुको पनि नेता हो। अमेरिकी माटोमा अमेरिकी सरकारले नेता स्विकार्छ तर त्यहि माटोमा नेपाली खोपडीले वरोध गरेको देख्दा दया लाग्यो।
हुन त नेपाली राजनितिमा प्रचण्डलाई नजोडे सम्म थान बोलि विकाउन नसक्ने पाटी छन, राजनितिक नेताहरु छन्। यति मात्र होईन विलाशी जिवनका खोजीमा माटो बेचेर जन्मभुमी भुलेकाहरु पनि प्रचण्डको नाममा राजनिति गर्न मानवता विर्सिन्छन्।

प्रचण्डले अमेरिका भ्रमण बाट फर्किदा विमान स्थलमा सम्वोधन गर्दै भन्नु भयो, अमेरिकामा नेपालीलेले नेपालीलाई नै हेप्दा रहेछन्। देशको यति माथिल्लो तहको नेतृत्वको यो भावले देखाउछ अमेरिकामा नेपाली दलित समुदाय माथी अहिले पनि सिमान्तकृत किसिमकै व्यावहार गर्छन हाम्रै नेपालीहरुले। कसैलाई हेप्न नपाए पछि आफ्नैलाई हेप्नु परेन र रु नेता समयले जन्माउन्छ, नेतृत्व आवश्यकताले जन्माउछ, जनताको साथले जन्मिन्छ जनताको अगाध माया, प्रेम र समर्पणमा जन्मेको नेतृत्व कहिल्यै मर्दैन, कसैले चाहादैमा मार्न सक्दैन ईतिहासको पुर्नरावृती हुन सक्छ, दोहोरिन सक्दैन्।

प्रचण्ड एउटा व्याक्ति होईन उत्पिडितहरुको साझा नेतृत्व हो, यो सताब्दिको लेलिन हुन, त्यहि भएर विरोधीहरु प्रचण्ड भन्ने शब्द उच्चारण गर्न अपवित्र सम्झन्छन्। कसैले अवमुल्यन गर्दैमा प्रचण्डको उचाई कम हुन सक्छ रु कसैले गाली गर्दैमा प्रचण्डको देनमा कमी हुन सक्छ रु सक्दैन्।

समाजमा सदियौदेखिको पीडामा दलित समुदाय थियो, महिला, जनजाती, मधेशी, थारुहरु अनागरिक जस्तै थिए अहिले नागरिक बनेका छन्। समाजमा दलितको अवस्था, महिलाको अवस्था, सिमान्तकृत समुदायको अवस्था, मधेशी, थारुको अवस्था, जनजाती समुदायको अवस्था कस्तो थियो ? हाम्रा स्मृतीका पानाहरु पल्टाउदा धुमिल भएका छैनन्। तर अहिले दलितले अधिकार पाएको छ, मधेशी राजनितिक रुपमा सम्मानित भएको छ, जनजाती स्वाभिमान पाएको छ, यी उपलब्धिलाई एकाध बौद्धिक जमातलाई पचेको छैन, त्यस कारण यिनिहरु प्रचण्डको विरोध गर्छन्। यी उपलब्धिहरु सामन्तले दिएका उपहार होईन्न, शासकहरुको निगाहाले प्राप्त भएका होईनन्। अन्यायका विरुद्ध, विभेद्धका विरुद्ध मृत्युलाई काधमा बोकेर मृत्यु सँग साटेका उपलब्धिहरु हुन्। हाम्रो संविधान हजारौ सहिदको रगतले लेखिएको संविधान हो, यसै संविधाका जन्मदाता, उत्पिडित र गणतन्त्रका पिता हुन् प्रचण्ड।

प्रचण्ड एउटा व्याक्ति होईन उत्पिडितहरुको साझा नेतृत्व हो, यो सताब्दिको लेलिन हुन, त्यहि भएर विरोधीहरु प्रचण्ड भन्ने शब्द उच्चारण गर्न अपवित्र सम्झन्छन् । कसैले अवमुल्यन गर्दैमा प्रचण्डको उचाई कम हुन सक्छ ? कसैले गाली गर्दैमा प्रचण्डको देनमा कमी हुन सक्छ ? सक्दैन्।

प्रचण्डको नेतृत्वमा विकास भएको तत्कालिन माओवादी जनयुद्धका दुई वटा उद्धेश्य थिए पहिलो सामन्तवादी राज्य चरित्रलाई विद्रोह द्धारा ध्वस्त गर्दै जनताको शासन स्थापित गर्नु, दोश्रो जनताको आवश्यकताको सम्वोधन सहितको सम्वृद्धी। पहिलो कार्यभार प्रचण्डकै नेतृत्वमा पुरा भएको छ, विकास र सम्बृद्धिका लागी पनि प्रचण्ड निर्विकल्प नेतृत्व बन्दै गएको देखिन्छ।

अहिलेको राजनितिक वृतमा प्रचण्डको विरोध गर्दै मिडियामा सेली व्रेटी बन्ने फकिरहरु पत्र पत्रिकामा आफ्नो वोलि विकाउन प्रचण्डलाई गाली गर्नेहरु नागरिक बन्न नसकेका रैती हुन्। एउटा नागरिकले आफ्नै अविभावक र राष्ट्रिय नेतृत्वलाई अर्को नागरिकलाई गर्ने व्यावहार यस्तो हुन सक्दैन। जव रैती मानसिकता भएका भरियाहरुले प्रचण्डको बलिदानीले वाक स्वतन्त्रता पाउछन जानी नजानी सकि नसकि गाली गर्दै हिड्छन्। स्वाभिमान नागरिकले यति निच सोचाई र वोलाई बोल्न सक्दैन। संकिर्णता बोकेर, राष्ट्रको अभिभावक माथी गाली गरेर कोहि असल पत्रकार बन्न सक्दैन, कोहि प्रोफेसर बन्न सक्दैन।

प्रचण्डको नेतृत्वमा विकास भएको तत्कालिन माओवादी जनयुद्धका दुई वटा उद्धेश्य थिए पहिलो सामन्तवादी राज्य चरित्रलाई विद्रोह द्धारा ध्वस्त गर्दै जनताको शासन स्थापित गर्नु, दोश्रो जनताको आवश्यकताको सम्वोधन सहितको सम्वृद्धी। पहिलो कार्यभार प्रचण्डकै नेतृत्वमा पुरा भएको छ, विकास र सम्बृद्धिका लागी पनि प्रचण्ड निर्विकल्प नेतृत्व बन्दै गएको देखिन्छ।

प्रचण्ड विश्व राजनिति नक्षेत्रमा कहिल्यै नअस्ताउने ताराको रुपमा स्थापित भई सके। जसरी माक्र्श मर्दैन्न, लेलिन मर्दैन्न, माओ मर्दैन्न त्यसै गरि प्रचण्ड मर्दैन्नन्, एउटा युग जन्माउने योद्धा मर्दैन युग युग बाचि रहनने छ। नेपाली भएर विश्वको जुन माटोमा कर्म गर्ने भए पनि नेपाल बुद्ध र प्रचण्डको देश हो भनी अन्र्तराष्ट्रिय शान्ति र भातृत्वको शन्देश फैलाउन एक सच्चा नेपालीले किन कन्जुसाई गर्ने। फेरी पनि दोहोर्याउन चाहन्छु, नेपाल गौतम बुद्ध र प्रचण्ड जन्मिएको पुण्य भुमी हो। आगामी हजारौ शताब्दि सम्ममा बाहिरी विश्वले नेपाललाई प्रचण्डको देश भनेर चिन्ने छन्।

रमेश विश्वकर्मा


divya collage
unigloble collage