काठमाडौं । गुण्डा नाइकेसँग दल र नेताको कनेक्सनलाई नेपाली राजनीतिको विद्रूप पाटो मानिन्छ । त्यसैले नागरिक तहबाट यसको चर्को आलोचना हुने गरेको छ ।
तर, नाजायज सम्बन्धबाट टाढिनुको साटो दल र तिनका नेतादेखि प्रहरी अधिकारीहरूसम्म जोडिने क्रम यथावत् छ । आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले नेपालमा अपराध कर्म गर्दै आइरहेका चिनियाँ र तिनका नेपाली एजेन्टसँग बहालवाला आईजीपीदेखि मन्त्री, नेतासम्मको कनेक्सन रहेको खुलासा गरेको छ ।







































