मुम्बइमा १७ वर्षीय किशोरसँग यौन दुर्व्यवहार गरेको आरोपमा एक महिला पक्राउ, आत्महत्या गर्ने धम्कि

4.56K
shares

एजेन्सी । एक महिलालाई १७ वर्षीय किशोरसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ। छोरासँग यौन दुर्व्यवहार गरेको भन्दै किशोरकी आमाले महिलाबारे प्रहरीमा उजुरी दिएपछि ती महिला पक्राउ परेकी हुन् ।

समाचारका अनुसार ती महिलाले गत वर्ष किशोरसँग विवाह भएको दावी गरेकी छन् । उनले आफू र किशोर बीच सहमतिमै विवाह भएको र सहमतिमै शारीरिक सम्बन्ध हुँदै आएको समेत बताएकी छन् । उनी पाँच महिनाकी बालिकाकी आमा हुन् ।

मुम्बइमा भएको उक्त घटनामा प्रहरीले किशोरकी आमाले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरेको बताएको छ । जसमा किशोरकी आमाले ति महिलाले आफ्नो छोरासँग यौन दुर्व्यवहार गरेको र फसाएको समेत आरोप लगाएकी छन् । किशोरकी आमाका अनुसार ति महिला परिवारका साथमा आफ्नो घरमा आएर छोरासँग विवाहका लागि कर गर्न थालिन् । आफूहरुले विवाह नहुने भनेपछि उल्टै आत्महत्या गर्ने धम्की दिइन् ।

ति महिलाले यसअघि दुईपटक विवाह गरिसकेकी र डिभोर्स पनि दिइसकेको किशोरकी आमाको दावी छ । ति महिलाले दिएको मानसिक दवावकै कारण आफ्नो छोरा १० कक्षामा असफल भएको किशोरकी आमाले बताइन् । किशोरसँग बस्न नदिएपछि ती महिलाले क्षतिपूर्तिका लागि अदालतमा मुद्दा दायर समेत गरेकी छन्।भारतमा केटाको २१ वर्ष र केटीको १८ वर्ष मुनि विवाह भएमा यस्तो विवाहलाई कानुनी मान्यता छैन ।