पार्टीलाई गुटरहित बनाउन आवश्यक : नारायणकाजी श्रेष्ठ

4.19K
shares

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले परिणाममुखी काम गर्न आवश्यक भएको भन्दै आत्मसमीक्षा जरुरी भएको स्पष्ट पारेका हुन् । तर, अहिले नै सरकारको नै मूल्याङकन गर्ने बेला भने भर्इ नसकेको उनको भनाइ छ ।

नेता श्रेष्ठले भने, ‘सरकारको कामको मूल्याङन गर्ने भन्दापनि कामको समीक्षा गर्न अहिले आवश्यक छ । उनले नेकपाभित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनीति मौलाएको बताउँदै पार्टीलाई गुटरहित बनाउन आवश्य रहेको जोड दिए । हाम्रो पार्टी गुटबिहीन पार्टी हुन सकेको छैन, यो लुकाएर लुक्ने कुरा होइन, व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहबन्दीलाई निरुसाहित र असफल बनाउन आवश्य छ । पार्टीमा यस विषयमा गम्भीर छलफल जारी छ’, नेता श्रष्ठले भने ।


Mitsubishi Long Ad