सिरियाली युद्धका नौ वर्ष, तीन लाख ८४ हजार नागरिकको मृत्यु

5.33K
shares

बेरूत। 

सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रबेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको उक्त गृहयुद्धका कारण एक लाख १६ हजार सर्वसाधारणले ज्यान गुमाएका सिरियाली मानव अधिकार युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जर्भेटरी फर ह््युमन राइट्सले शनिबार जानकारी गराएको छ ।

युद्धका कारण सिरियामा कूल तीन लाख ८४ हजार सिरियालीको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । यहाँको आधाभन्दा बढी जनसङ्ख्या युद्धका कारण आन्तरिक वा वाह््यरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०११ मा अरब वसन्त नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षले राष्ट्रपति वसर अल असदलाई वर्खास्त गर्नुपर्ने आवाज यहाँका विद्रोही समूहले बुलन्द पारेपनि राष्ट्रपतिले सरकारबाट हट्ने मागलाई सम्वोधन गर्न नमानेका कारण द्वन्द्वको मारमा सर्वसाधारणले झण्डै एक दशक विताएका छन् ।

यो विचमा असद पक्षधर सेना, इस्लामिक समूह, अल कायदा निकट समूहहरू र रूस, इरान, टर्की, अमेरिकालगायतका मुलुकसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिरियाली द्वन्द्वमा सामेल भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083