स्पेनका प्रधानमन्त्री पत्नीलाई पनि कोरोना संक्रमण भएको पुष्टि

5.59K
shares

एजेन्सी ।

कोरोना भाइरस अर्थात् कोभिड १९ को त्रासले विश्व नै अस्तव्यस्त भईरेहका बेला स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई पनि कोरोनाको संक्रमण देखिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले बेगोनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ । स्पेनले कोरोना भाइरसको संक्रमणबाट बच्न आपतकाल घोषणा गरिसकेको छ । गएको २४ घण्टामा मात्रै स्पेनमा ६३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले यूरोप कोरोना भाइरसको इपीसेन्टर भएको बताएको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट यूरोपका स्पेन, इटाली लगायत देशमा धेरै मृत्यु भएको छ । गएको २४ घण्टामा इटालीमा १७५ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४४१ पुगेको छ भने १२ हजार १५७ जनामा संक्रमण देखिएको छ । जस मध्ये एक हजार ३६५ जना मात्रै अहिलेसम्म उपचारपछि घर फर्किएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083