साउदी अरेबियामा कोर्रा हान्ने सजाय खारेज
वि.सं.२०७७ वैशाख १३ शनिवार १३:५४
13.48K
shares
shares

एजेन्सी ।
साउदी अरेबियाको सर्वोच्च अदालतले कोर्रा हान्ने ‘छडीले हिर्काउने’ सजाय खारेज गरेको छ ।यसको विकल्पमा जेल सजाय अथवा जरिवाना सजाय गरिने अदालतले जनाएको छ । मुस्लिम राष्ट्र साउदी अरबमा विभिन्न घटनाका दोषीलाई कोर्रा लगाउने सजाय थियो ।
विभिन्न मानव अधिकार संस्था र मानव अधिकारवादीहरुले यसको विरोध गर्र्दै आएका थिए ।यसमा महिलालाई समेत कोर्रा हान्ने गरिएको थियो ।
































