चीनमाथि प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको चेतावनी

6.25K
shares

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने ‘कोरोना भाइरस संक्रमण रोक्न चीन असफल भएको कुरा मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ।

अमेरिकी राष्ट्रपतिका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जादै गर्दा उनले सो कुरा बताएका हुन् । ट्रम्प अबको एक साता फार्म हाउसमा रहने जनाइएको छ ।

ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको आरोप लगाउदै आएका छन् । चीनमाथि कडाई नगरेको आरोप लगाउदै ट्रम्पले अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनलाई गरिदै आएको आर्थिक सहयोग समेत कटौती गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083