अमेरिकामा कोरोना संक्रमित संख्या साढे ३० लाख पुग्यो

5.95K
shares

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेको छ । त्यहाँ सोमबार पनि ५० हजारबढी नयाँ संक्रमित फेला परेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा सोमबार एकै दिन मात्र ५० हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या ३० लाख ४० हजार ५०९ पुगेको छ ।

त्यहाँ हालसम्म १ लाख ३२ हजार ९७८ जनाको भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । सोमबार त्यहाँ कोरोनाबाट ३७७ जनाको ज्यान गएको छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । आइतबार त्यहाँ २६२ जनाको मृत्यु भएको थियो भने शनिबारचाहिँ २६५ को मात्र ज्यान गएको थियो ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजोर हुँदै गएको बताइन्छ । किनकि संक्रमण दरको तुलनामा मृत्युदर घटिरहेको छ भने निको हुनेको संख्या बढिरहेको छ । अझ सक्रिय उमेर समूहका युवाहरूमा संक्रमण बढी फैलिरहनुले यो कमजोर हुँदै गइरहेको बताइन्छ ।

अमेरिकामा निको हुनेको संख्या बढिरहेको छ । हालसम्म १३ लाख २४ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ९सोमबार० त्यहाँ ३४ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख ८३ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय रहेको छ ।

यी दृश्यहरूबाट पनि अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नआउने बताइएको छ । अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताइरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083