नेपाल-बङ्गलादेश सचिवस्तरीय बैठक आज, यस्ता छन् एजेण्डा

5.86K
shares

काठमाडौँ । नेपाल–बङ्गलादेश सचिवस्तरीय संयन्त्रको बैठक मंगलबार बस्दै छ । बैठकमा सहभागी हुन बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार आइपुगेका छन् । मङ्गलबारको बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नेछन् ।

मन्त्रालयका अनुसार बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनाका साथै विद्युत् व्यापारका बारेमा द्विपक्षीय छलफल भएको छ । नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बङ्गलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकाजुर्न राव (जिएमआर) बाट ५०० मेगावाट बिजुली बङ्गलादेशले खरीद गर्नेबारे सोमबारको बैठकमा छलफल भएको थियो ।

नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको सोमबार बसेको पहिलो बैठकमा छलफल भएको हो । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक आयोजना गरिएको हो । नेपाल र बङ्गलादेशबीच ऊर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सोमबार ‘संयुक्त कार्य समूह’को बैठक बसेको हो । उक्त बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सहसचिव दिनेश घिमिरे र बङ्गलादेशका तर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गरेका थिए । मंगलबार बस्ने द्विपक्षीय संयन्त्रको बैठकमा प्रस्तुत हुने योजना संयुक्त कार्य समूहको बैठकले तय गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083