अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

6.96K
shares

काठमाडौं । अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उनले सम्बोधनको क्रममा उल्लेख गरिएको केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो ।

मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो चार महीनामा वार्षिक बिन्दुगत आधार मूल्य चार दशमलव दुई प्रतिशत रहेकामा पहिलो पाँच महीनामा मूल्य वृद्धिदर तीन दशमलव सात प्रतिशतमा झरेको जनाएको छ । गत आवको पहिलो पाँच महीनामा त्यस्तो वृद्धि चार दशमलव दुई प्रतिशत थियो ।

यस्तै चालू आवको पहिलो पाँच महीनामा राजश्व असुलीको वृद्धिदर ३२ प्रतिशत छ । साविकमा केन्द्रीय कोषमा जम्मा भएका केही करका क्षेत्र तथा सवारी रजिष्ट्रेशन, घरजग्गा बहालकर प्रदेश र स्थानीय तहमा हस्तान्तरणपश्चात् उक्त वृद्धि भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै महालेखा नियन्त्रण कार्यालयको २०७५ मङ्सिरसम्मको तथ्याङ्कअनुसार चालू आवको पाँच महीनामा कूल खर्च सात प्रतिशतले वृद्धि भएकामा चालू खर्च १३ प्रतिशतले घटेको र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । कूल खर्चको वृद्धिदर कम हुनामा चालू खर्चमा गरिएको मितव्ययिता र अघिल्लो वर्षको यसै अवधिमा भएको निर्वाचन खर्च प्रमुख कारण हो भन्ने मन्त्रालयको ठहर छ ।

विप्रेषण आयतर्फ आर्थिक तथा औद्योगिक क्रियाकलापमा क्रमशः वृद्धि हुँदै गएका कारणले समेत वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चालू आवको पहिलो चार महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव दुई प्रतिशतले घटे पनि सोही अवधिमा विप्रेषण आयमा ३६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको चार महीनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक प्रतिशतले वृद्धि भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083