‘आँधी र हावाहुरीका कारण विमान दिल्लीमा अवतरण नगरी फिर्ता

5.33K
shares

काठमाडौं । काठमाडौंबाट १ सय ६ यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० अवतरण नगरेरै फर्किएको छ ।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार, दिल्लीस्थित इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण निगमको विमान अवतरण हुन नसकेर काठमाडौं फर्किएको हो ।

‘आँधी र हावाहुरीका कारण विमान दिल्लीमा अवतरण नगरी काठमाडौँ फर्किएको हो, प्रवक्ता कोइरालाले भने । निगमका अनुसार बिहीबार बेलुकी अन्य थुप्रै उडानहरू दिल्लीमा अवतरण हुन नसकेर फर्किएका थिए । आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौं बाट उडेको थियो ।

यो रुटमा एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ । उक्त विमानले दिल्लीमा अवतरण गर्न नपाएपछी राति साढे ८ बजे काठमाडौंमै अवतरण गरेको थियो । ‘दिल्ली विमानस्थलको आकाशमा एक घण्टा हाराहारी होल्ड गर्नुपर्ने भनिएको थियो, निगमका एक पाइलटले भने, ‘त्यसपछि पनि विमानस्थल खुल्ने सम्भावना नदेखिएपछि हाम्रो विमान काठमाडौं फर्किएको हो ।उक्त उडानमा क्याप्टेन पीआर भण्डारी र एसके ढेवाजु थिए ।
साभार कान्तिपुर दैनिक


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083