आजको राशिफल यस्तो छ

6.44K
shares

वि.सं. २०७५ साल माघ २५ गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी ८ तारिख। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष।

मेष- ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ।

बृष- ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ।

मिथुन -( का, कि, कु, घ, ङ, छ, के, को, ह )
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

कर्कट- ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। प्रयत्न गर्दा फाइदाका स्रोत सजिलै पहिचान हुनेछन्। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ।

सिंह- ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ।

कन्या- ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ख्ष्चनयकामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तर प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। सुन्दर अलंकार वा अन्य विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ।

तुला- ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्।

बृश्चिक -( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

धनु -( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। तापनि, बुद्धिको उपयोगले घरायसी काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

मकर- ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ।

कुम्भ -( गु, गे, गो, सा, सि, सु, से, सो, द )
अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

मीन- ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। चुनौतीसँग जुध्नुपरे पनि अवसर हातपार्न सकिनेछ। हिम्मत गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ। केही लाभांश गुमाउनुपरे पनि पुरानो समस्या सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथले चिताएको काम बन्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083