सरकारद्धारा प्रवक्ताको काम प्रभावकारी बनाउन बारे छलफल

Nepal Life Insurance Long Ad

काठमाडौं । सरकारका प्रवक्ताको काम प्रभावकारी बनाउने बारे छलफल थालिएको छ । प्रवक्ताको काम प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता विनोदबहादुर कुँवरको संयोजकत्वमा प्रवक्ताहरूको बैठक बसेको हो, जसमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालको समेत उपस्थिति थियो ।

कुँवरका अनुसार बैठकमा सरकारले सम्पादन गरेका कामहरू छिटो तथा सहजरूपमा मिडियालाई उपलब्ध गराउन, मन्त्रालयसँग सम्बन्धित विषय (मिडियाले खोज, अध्ययन तथा अनुसन्धान गरेर लेखेका समाचारहरूबारे) को जवाफ दिन, मन्त्रालय तथा अन्तर्गतका निकायबारे सुनिएका भ्रमबारे नागरिकलाई सत्यतथ्य जानकारी गराउन प्रवक्ताले नेतृत्व लिनुपर्ने निश्कर्ष निकालिएको थियो ।

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा नागरिकले राखेका समस्याहरूको सम्बन्धित मन्त्रालयका प्रवक्ताले जवाफ दिने र समस्या समाधान गर्ने जिम्मेवारी लिनुपर्ने निश्कर्ष निकालिएको उनले बताए । उनका अनुसार अब प्रवक्ताहरूको नियमित बैठक बस्नेछ । जसमा आ–आफ्नो मन्त्रालयमा देखिएका समस्याहरूबारे छलफल गरिने र सरकारका सेवाहरू नागरिकसम्म सहज र प्रभावकारीरूपमा पुर्याउनेतर्फ केन्द्रित रहनेछ ।

प्रवक्ताहरूले कसका लागि बोल्ने र कुन माध्यम प्रयोग गर्ने भन्ने विषयमा पनि छलफल भएको प्रेस सल्लाहकार अर्यालले जानकारी दिए । ‘सरकारको इमेजलाई ‘इन्हान्स’ गर्ने गरी कसरी सूचना प्रवाह गर्न सकिन्छ भन्नेबारे प्रवक्ताहरूले आफ्नो धारणा राखे, मैले पनि केही कुरा राखे,’ छलफल भएको कुराबारे प्रेस सल्लाहकार अर्यालले भने ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...