बर्खास्त स्थापितको आरोप– मुख्यमन्त्री पौडेलको सीआईएसँग साँठगाँठ छ

7.55K
shares

काठमाडौं । मन्त्री पदबाट हटाइएका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले सीआईएसँग साँठगाँठ गरिरहेको आरोप लगाएका छन् । स्मरण रहोस् सीआर्इए अमेरिकी गुप्तचर संस्था हो ।

अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दाबी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने स्थापितले चेतावनीसमेत दिए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दाबी गरे।

स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषद्लाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले पदबाट बर्खास्त गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083