भुटानका नवनियुक्त प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको शुभकामना

२०७५ कात्तिक २१ बुधवार
951
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.लोते छिरिङलाई उहाँले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा बुधवार प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले शुभकामना सन्देश पठाएर प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गर्नुभएको छ ।

२०७५ कात्तिक २१ बुधवार