झलनाथका यी माग पूरा गर्लान त ‘प्रचण्ड-ओली’ ले ?

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको बैठक तत्काल बोलाएर पार्टी एकीकरणको प्रक्रिया टुंग्याउनुपर्ने माग गरेका छन् । झापाको बिर्तामोडमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सो कुरा बताएका हुन् ।

तल्लो तहका कमिटी र जनवर्गीय संगठन विघटनको अवस्थामा रहेकाले पार्टीभित्र असन्तुष्टि चुलिएको नेता खनालले बताए । ‘हामीले पार्टी एकीकरणपछि तलका सबै कमिटी भंग गर्‍यौँ, जनवर्गीय संगठन पनि भंग गर्‍यौँ, अनि यसबाट सन्तुष्ट को हुन्छ र ?’ उनले भने, ‘चाँडोभन्दा चाँडो एकीकरणको प्रक्रिया पूरा गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ, त्यो काम चाँडो नभएकाले सबै असन्तुष्ट छन् ।’

पार्टीका महत्वपूर्ण बैठक हुन नसकेकाले एकीकरण प्रक्रिया टुंगोमा नपुगेको उनले बताए । कोही असन्तुष्ट रहेकाले र कोही घुम्न जाने कारणले बैठक बस्न नसकेको खनालको भनाइ थियो । ‘स्थायी कमिटीको बैठक सम्पन्न भएपछि पार्टीले नयाँ गति लिन्छ,’ उनले भने, ‘बैठक पहिले नै बस्नुपर्ने थियो, १२ र १३ गते बस्नुपर्ने बैठक प्रधानमन्त्री बिरामी भएपछि सर्‍यो, अबचाहिँ बस्छ होला  ।’ एकीकरण टुंगिनुको कुनै विकल्प नरहेको नेता खनालले बताए । एकीकरण प्रक्रियामा ढिलाइ हुनुमा पार्टी नेतृत्वको कमजोरी रहेको उनको भनाइ छ ।

नेता खनालले पार्टी नेतृत्वको कमजोरीले सरकारका काम सुस्त भएको र विकासका कामले गति लिन नसकेको टिप्पणी गरे । देश विकासका लागि पार्टी एकता टुंग्याउनुको विकल्प नभएको दोहो-याउँदै नेता खनालले पार्टीलाई एकढिक्का बनाएर लैजान सबै तयार हुनुपर्नेमा जोड दिए ।

सरकारले गरेको काममा अझै सन्तुष्टि प्राप्त नभएको उनले जिकिर गरे । ‘सरकारले कामको गति तीव्र बनाउन सक्नुपर्छ,’ उनले भने, ‘सरकारले किन गति लिन सकेन भन्ने प्रश्नको जवाफ खोज्न हामी पनि लागिपरेका छौँ ।’


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...