अध्यक्ष ‘प्रचण्ड’ले गरे गलेश्वर मन्दिरमा आरती

Nepal Life Insurance Long Ad

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गरेका छन् । उनको साथमा दर्शनका लागि गृहमन्त्री रामबहादुर थापा पनि पुगेका थिए ।

प्रचण्डले मन्दिरमा आरती समेत गरेका छन् । सो अवसरमा प्रचण्ड र थापाले गलेश्वरको महत्व र ऐतिहाँसिक मान्यताको बारेमा जानकारीसमेत लिएका छन् । अध्यक्ष प्रचण्डले मंगलवार बिहान म्याग्दीका विभिन्न स्थलहरूको अवलोकन भ्रमण गरेका छन् । सोमबार म्याग्दी पुगेका प्रचण्डले मंगलवार बिहान पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दी सदरमुकाम बेनीको दृष्यावलोकन गरे । उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरीक्षण पनि गरे ।

प्रचण्डले ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरीक्षण गर्नुका साथै कालीगण्डकी कोरिडोरको अवलोकन समेत गरे । अध्यक्ष प्रचण्ड बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि गएका थिए ।

अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन् । प्राकृतिक चिकित्सालयको रूपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ । तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली बुधवार साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्नेछन् ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...