प्रदेश २ सरकार अरु प्रदेशभन्दा बढि सफल भएको छ : मुख्यमन्त्री ‘राउत’

२०७५ कात्तिक २७ मंगलवार
1.2K
shares
कात्तिक । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले केपी ओली नेतृत्वको संघीय सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
राउतले संघीय सरकारका कारण प्रदेश सरकारलेसमेत काम गर्न नपाएको गुनासो गरे । “ओली सरकारले केही गर्न सकेको छैन । प्रदेश सरकारमा जति स्रोत साधन र क्षमता छ, त्यसअनुसार काम गरिरहेका छौँ । आवश्यक ऐन कानुन निर्माण गरिरहेका छौँ ।”
अरु प्रदेश सरकारले भन्दा आफूहरुले धेरै राम्रो काम गरेको दावी गर्दै राउतले कामका हिसाबले प्रदेश २ सबैभन्दा अगाडि रहेको दावी गरे । ५० वटाभन्दा बढि विधेयक तयार गरिसकेको जानकारी दिदै राउतले जनचाहनाअनुसार अगाडि बडिरहेको जिकिर गरे ।
तराई–मधेशका जनता पनि सन्तुष्ट रहेको उनले बताए । जनताको चाहनाअनुसार नै प्रदेश २ ले प्रहरी प्रशासन ऐन निर्माण गरेको राउतको तर्क छ ।
छठपछि लोकसेवा, निजामति र प्रशासन विधेयक प्रस्तुत गरिने राउतले जानकारी दिए । आफूले सुरु गरेको बेटी पढाउ बेटी बचाउ अभियान सफलतापूर्वक अगाडि बडिरहेको उनले बताए । प्रदेश सरकारलाई चाहिने ५ हजार कर्मचारी चाहिनेमा ३ सय पनि नपठाएको भन्दै राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आलोचना गरेका छन् ।

२०७५ कात्तिक २७ मंगलवार