‘राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ’ : जनार्दन शर्मा

5.72K
shares

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले नै अनुगमन गर्नुपर्ने बताएका छन् ।

मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आइपुगेका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न पाउनुपर्ने बताए । राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भन्दै उनले बजेटको चिन्ता नगर्न आग्रह गरे । काममा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गरेर भने पनि सरकारले छिटो काम सक्ने उनको भनाइ छ ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले लोकमार्गको बागलुङ–बिहुँखण्ड छिटो कालोपत्रे गर्नका लागि पहल गरिदिन नेता शर्मासँग आग्रह गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083