‘भोलि बैठक छ, आजसम्म एजेण्डा थाहा छैन’ : नेता अर्जुननरसिंह केसी

5.77K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको केन्द्रीय कार्यसमिति बैठक शनिबार बोलाइएको भए पनि अहिलेसम्म एजेण्डाको बारेमा जानकारी नदिइएको बताएका छन्। बैठकको एजेण्डा सभापतिले नदिँदा के विषयमा छलफल हुन्छ भन्ने अनुमान गर्नुपरेको उनले बताएका हुने।

‘भोलि बैठक छ तर, अहिलेसम्म एजेण्डा थाहा छैन। हुन त मंसिर २ गते नेविसंघ वर्तमान कार्यसमितिको पदावधि सकिँदैछ । सम्भवतः यही विषयमा छलफल हुन्छ होला भनेर मैले पनि लख काट्ने काम गरेको छु।’ शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता केसीले कुनै पनि हालतमा नेविसंघको महाधिवेशन गर्नुपर्नेमा बताए। टीके प्रथाबाट मनोनीत गर्ने कुराको आफू विरोधी भएको पनि उनले बताए। ‘टीके प्रथाको म हिजो पनि विरोधी थिएँ। आज पनि विरोधी नै हुँ र भोलि पनि विरोध गर्छु’, उनले भने। नेविसंघमा तदर्थ समिति बनाउने कुरा विकल्प हुनै नसक्ने उनले बताए। ‘यसको एक मात्र विकल्प भनेको महाधिवेशन हो’, उनले भने, ‘नेताको भजन मण्डलेलाई नेविसंघको नेतृत्व सुम्पिनु हुँदैन।

नेविसंघलाई अब पंगु र व्यक्तिमुखी नबनाऔँ।’ विजयकुमार गच्छदारलाई उपसभापति बनाउने कुरामा आफू पूर्ण सहमति भएको भए पनि प्रक्रियामा आफू असन्तुष्ट रहेको बताए। ‘विधानलाई सोझै मिचेर सभापतिले स्वेच्छचारी देखाउनुभयो’, उनले भने, ‘लोकतान्त्रिक पद्धतिप्रति यो कदम हास्यास्पद छ। शासन व्यक्तिले होइन, विधिले गर्नुपर्छ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083