धनगढीको जाखोर तालमा रहेको जलकुम्भी हटाइँदै

4.68K
shares

धनगढी । जिल्ला वनस्पति कार्यालय कैलालीले माछा पालनमा रोक लगाएसंगै धनगढीको जाखोर तालमा फैलिएको जलकुम्भी हटाइने भएको छ । जाखोर ताल धनगढी उपमहानगरपालिकाको मुख्य पर्यटकिय स्थल हो । तत्कालिन धनगढी नगरपालीकाले २०५४ सालमा जिल्ला वनस्पति कार्यालयलाई स्वामित्व हस्तान्तर गरेको वडा नं ७ का अध्यक्ष सीताराम रानाले बताए ।

उनले भने– ‘आफ्नो स्वामित्वमा रहेको ताल स्थानीय समूहलाई भोगचलनका लागि दिएको भएपनि २०७३ मा बनस्पतीले समुहको भोगचलनमा रोक लगाएको थियो। स्थानीय महिला समूहले माछापालनका लागि ताल ठेक्कामा दिने समयमा तालको सरसफाई समेत गरिने हुँदा जलकुम्भी थिएन वडा अध्यक्ष रानाले भने, ताल उपभोग गर्नमा रोक लगाएसंगै जलकुम्भी भरिएको छ ।

जलकुम्भी भरिदाँ ताल कुरुप भएको छ धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, यसलाई हटाउनका लागि छलफल सुरु गरेका छौं । तालको जलकुम्भी हटाउनका लागि प्रहरी, सशस्त्र प्रहरी संग कैलालीका प्रमुख जिल्ला अधिकारी र आफुले पनि समन्वय गरिरहेको बताए । ताल झण्डै १२ हेक्टर रहेको छ । जलकुम्भी हटाउनका लागि बनस्पती कार्यालयका प्रमुख लक्ष्मण झा सहितको टोली ताल क्षेत्रमा पुगेको नगरप्रमुख वडले बताए ।

उनले ताल सफा गरेर ढुंगा चलाउने योजना रहेको बताए । धनगढी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक रोकिने ठाउँ भनेको जाखोर ताल क्षेत्र हो नगरप्रमुख वडले भने, त्यसकारण पनि यसको व्यवस्थापन चाँडो गर्ने योजना रहेको छ ।


unigloble collage
baneshwor multiple campus ad -2083