कांग्रेस छाडेर माओवादी बनेका बाबुराजा फेरि कांग्रेसमै

Nepal Life Insurance Long Ad

बिराटनगर । नेपाली कांग्रेसले २०७० सालको स‌ंविधानसभा निर्वाचनमा टिकट नदिएपछि तत्कालीन माओवादीमा पुगेका नेता बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किएका छन् । २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका उनी सं‌विधान सभाको टिकट नपाएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेर मोरङ क्षेत्र नम्बर ६ मा स‌ंविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।

पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित भएका थिए । कांग्रेसले आफ्नो साख जोगाउनै नसक्ने भन्दै माओवादीमा पुगेका ओझालाई जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा भित्र्याए ।

ओझालाई तीन कोइराला नेताहरु शेखर, शशांक र सुजाताले एक साथ पार्टीमा स्वागत गरेका हुन् । ओझाले २०७० सालको चुनावमा क्षेत्रबाटै सर्वसम्मत आफ्नो नाम सिफारिस गरेको अवस्थामा कांग्रेसले गुटबन्दी गरेर आफूलाई टिकट नदिएको भन्दै माओवादीमा पुगेका थिए ।

कांग्रेस फर्किएका ओझा नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव हुन्। दोस्रो संविधान सभा निर्वाचनमा जिल्ला सचिवको जिम्मेवारीमा रहेकोलाई बाइपास गरेर अर्कैलाई टिकट दिएको भन्दै ओझा माओवादीमा हिँडेका थिए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...