प्रकाशको स्मरण गर्दै प्रम ‘ओली’ले भने, ‘शोकमा पनि प्रचण्डले असाधरण धैर्यता देखाउनुभयो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुत्र वियोगको समयमा पनि पुष्पकमल दाहाल प्रचण्डले असाधरण धैर्यता देखाएको बताएका छन्। प्रचण्डपुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथिमा आयोजित श्रदाञ्जली कार्यक्रममा ओलीले चुनाबको दबाबको समयमा पनि प्रचण्डले असाधरण धैर्यता देखाएको स्मरण गरे।

प्रकाशको निधनको समयमा तत्कालीन दुई दल नेकपा एमाले र माओवादी केन्द्र चुनावी तालमेलमा थिए। चुनाव प्रचारकै क्रममा दुबै नेता झापा रहेको बेला प्रकाशको निधनको खबर आएको स्मरण गर्दैै ओलीले भने ‘हामी दुबै झापामा थियौं। प्रचण्डलाई फोन आयो। दुखद खबर सुनाउनु भयो। मैले पत्याउँनै सकिन। तर नपत्याएर नि भएन। प्रचण्डले शोकमा पनि असाधारण धैर्यता देखाउनुभयो। चुनाब हुँदै थियो। हामी माझ दबाब थियो।’

प्रधानमन्त्री ओलीले प्रचण्डको परिवारले असाधारण ढंगले दुखद क्षणको सामना गरेको बताए। ओली प्रचण्डको स्वकीय सचिवका हैसियतले पछिल्ला दिनमा प्रकाशबारे केही जान्ने अवसर आफूले पनि पाएको बताए। ओलीले अघि भने ‘प्रचण्डको पिएको रुपमा काम गर्न कठिन छ। उहाँको मिलनसारिता सरलता अभुतपूर्व थियो।’

श्रदाञ्जली सभामा ९ मिनेट बोलेका ओलीले श्रदाञ्जली सभा भएकाले राजनीतिक विषयमा टिप्पणी नगर्ने बताए। विरामी भइ अस्पतालबाट डिस्चार्ज भएपछि पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...