नेविसंघका पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा, देउवाको प्रयास व्यर्थ जाने खतरा

Nepal Life Insurance Long Ad

काठमाडौं। नेपाल विद्यार्थी संघ नेविसंघकै पदाधिकारीको चाहना विपरीत माउ पार्टी नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थप दुई महिना थपेपछि पदाधिकारीहरु राजीनामा दिनुपर्ने मनस्थितिमा पुगेका छन् ।

काँग्रेस केन्द्रिय समिति बैठकले आइतबार राति बहुमतका आधारमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको हो । गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भए पनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । त्यसपछि फेरि दुई महिना थपेर माघ २ गतेसम्म पुर्याइएको छ ।

आइतबारको बैठकमा म्याद थप गर्ने कि विघटन गर्ने भन्नेमा नेताहरु बीच विवाद थियो। तर बैठकले विवाद बीच पुनः दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। शनिबार र आइतबार गरी सो विषयलाई टुंगो लगाउन भन्दै नेताहरु दिनभर जसो अनौपचारिक बैठकमा बसेका थिए।

तर नेताहरु कुनै एक विकल्पमा सहमत हुन नसक्दा सभापति शेरबहादुर देउवाले बहुमतबाटै २ महिना थप गर्ने निर्णय गरेका हुन् । दुई महिना थप भएसँगै अब वर्तमान नैनसिंह महर अध्यक्ष रहेको समितिको म्याद अब २ माघसम्म रहने छ। बैठकले यसअघि निर्णय भएको ३२ वर्षे उमेरहदलाई समेत लागू गर्ने निर्णय गरेको छ।

काँग्रेसका नेताहरु पनि कोही ६ महिना थप्नुपर्ने र कोही तदर्थ समिति बनाउनु पर्ने पक्षमा थिए । नेविसंघ भित्र पनि विभिन्न गुट उपगुट भइरहँदा दुई महिनाभित्रै चुनाव गर्ने सम्भावना छैन । अध्यक्ष महर र महामन्त्री कुन्दनराज काफ्लेले दुई महिनाभित्र निर्वाचन गर्न सक्ने सम्भावना नरहने भन्दै दुई महिनामात्र समय थप गरिए राजिनामा दिन तयार रहेको भन्दै नेतृत्वलाई दबाब दिंदै आएका थिए ।

आइतबार रातिको उक्त निर्णयपछि नेविसंघका पदाधिकारीहरु सामुहिक र छुट्टाछुट्टै अबको रणनीति बनाउन बसिरहेका छन् । महामन्त्री काफ्लेले सोमबार बिहान बिभिन्न चरणमा छलफलमा बसेको र अधिकांश पदाधिकारीहरु राजीनामा नै गर्नुपर्ने मनस्थितिमा रहेको बताए । अध्यक्ष महरसंगै पनि बसेर छलफल भइसकेको भन्दै काफ्लेले भने, ‘हामी सरसल्लाह गर्दैछौं, तर अधिकांश साथीहरुले सामुहिक राजीनामा दिनुपर्ने भन्नुभएको छ ।’

काफ्लेले मंगलबारसम्म पदाधिकारीले एउटा निर्णय गर्ने पनि बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न पार्टीको महासमिति बैठकमा नेविसंघको विवाद विषयले प्रवेश नपाओस् भनी छोटो समय थपे पनि यो समस्या झन् बल्झेर जाने देखिएको छ ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...