कर्णालीमा कानून र योजना आयोग गठनादेश स्वीकृत

7.37K
shares

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश, २०७५’ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुबै आयोगको गठनादेश स्वीकृत गर्ने निर्णय गरेको हो। सात सदस्यीय कर्णाली प्रदेश कानून आयोग गठन हुने सरकार प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिए।

कानून आयोगमा एक अध्यक्ष, सरकारले नियुक्त गर्ने दुई सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

यस्तै प्रदेश सरकारले ६ सदस्यीय कर्णाली योजना आयोग गठन गर्ने केसीले बताए। मुख्यमन्त्री महेन्द्रबहादुर शाही योजना आयोगको अध्यक्ष रहनेछन्। प्रदेश सरकारले नियुक्त गर्ने एक उपाध्यक्ष, दुई सदस्य, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ।

कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘कर्णाली–रारा पर्यटन वर्ष, २०७५’ अन्तर्गत डोल्पाको शेफोक्शुण्डो तालमा मङ्सिर ११ र १२ गते आयोजना गरिने महोत्सवलगायत कार्यक्रमका लागि उपराष्ट्रपति नन्दबहादुर पुनलाई आमन्त्रण गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083