सरकार असफल १ निर्मला पन्तका हत्यारालाई कारबाही गर्ने विप्लवको उद्घोष

5.29K
shares

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता एवं स्थायी समिति सदस्य खड्ग बहादुर विश्वकर्मालेनिर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने बताएका छन्। पार्टी पुर्नस्थापना दिवसका अवसरमा काठमाडौंको प्रर्दशनीमार्गमा आयोजित कार्यक्रममा प्रवक्ता प्रकाण्डले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं। निर्मला पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत उनले बताए । हालै लामो समय प्रहरी हिरासतबाट छुटेका प्रकाण्डले प्रचण्ड, बादललाई लक्षित गर्दै उनीहरुलाई ‘गद्धार’को संज्ञा दिए।

नेताहरुले धोका नदिएको भए नेपाली जनताको आफ्नै सत्ता हुने उनको जिकिर थियो । साथै अहिलेको सरकारले आफ्नो पार्टी विरद्ध षड्यन्त्र गरिरहेको भन्दै सरकारका गतिविधिप्रति चर्को आलोचना गरे।सभा गर्ने सार्वजनिक स्थल समेत सरकारले नदिएको भन्दै उनले त्यसमा रोष प्रकट गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083