संविधान कार्यन्वयन र समृद्धिको यात्रा प्रारम्भ भयोः प्रदेश सभामुख घर्ती

4.43K
shares

बुटवल । प्रदेशसभा प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकास, संविधानको कार्यान्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताएका छन् । विगतका वर्षहरु राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै उनले अब सुखी नेपाली र समृद्ध नेपाल निर्माणका वर्षहरु हुने धारणा राखे । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा सञ्चालित दैनिक पत्रपत्रिकाको १५औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनँले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि घर्तीले गणतन्त्र प्राप्तिपछि तीन तहको निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन, ऐनकानून निर्माण भइरहेको भन्दै योसँगै विकास र समृद्धिको यात्रा पनि प्रारम्भ भएको धारणा राखे । संविधानको मौलिक हकमा नै शिक्षा, स्वास्थ्य, रोजगार, समानता जस्ता हकहरु ग्यारेन्टी गरिएको भन्दै उनले संघीयता समावेशी, समानुपातिक सहभागिता संविधानमा उल्लेख हुनु ठूलो उपलब्धि भएको पनि चर्चा गरे ।

दिगो विकास, बेरोजगारीको अन्त्य, भ्रष्टाचार न्यूनीकरण गर्दै लगानी मैत्री वातावरण बनाएर राष्ट्रिय–अन्तराष्ट्रिय लगानी मार्फत समृद्धिको यात्रा तय गर्नुपर्ने भन्दै उनले नीतिगत र व्यवहारिक कार्यलाई सँगसँगै लाग्नुपर्ने पनि औँल्याए । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा प्रदेश नंं ५ का विपक्षी दलका नेता एवं नेपाली काङग्रेसवाट प्रदेश सभा सदस्य बलदेव शर्मा पोख्रेलले पत्रकारिता निश्पक्ष र व्यवसायीक हुनुपर्नेमा जोड दिए ।


Mitsubishi Long Ad