एकैदिन अख्तियारद्धारा १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा ! (नामसहित)

5.99K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालसहित उनीहरूलाई मुद्दा दायर गरेको हो।

राष्ट्रिय बहिरा महासघं नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र श्रव्य दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल भुक्तानी गरिदिन माग गर्दा २५ हजार घुस लिएको अभियोगमा दाहाललगायत १२ जना विरुद्ध मुद्धा दायर गरिएको हो ।

यस्तै, आयोगले झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन अभिलेख लिई ठगी गरेको अभियोगमा कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत उप–रजिष्टारद्वय गङ्गाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गलत काम गर्न कर्मचारीसँग मिलेमतो गरेको अभियोगमा जितबहादुर मगर, राजनप्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरजकुमार मानन्धर र प्रकाशविक्रम मिश्रविरुद्ध पनि आयोगले आजै मुद्दा दर्ता गरेको छ।

उनीहरुले शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिजलाई एकआपसमा मिलेमतो गरी हस्ताक्षर किर्ते गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा झुट्टा विवरण पेश गरी शेयर लगत, सञ्चालक लगत नियमावली संशोधन अभिलेख लिई शेयर सम्पत्ति हक हस्तान्तरण गरी जग्गा बिक्री गर्न लागेको अभियोग लागेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083