लेखा समितिले माग्यो विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय

6.16K
shares

काठमाडौं। संघीय संसदको सार्वजनिक लेखा समितिले दुई वटा वाईडवडी विमान खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय मागेको छ। नेपाल वायु सेवा निगमले वाईडवडी विमान खरिदमा अनियमितता गरे\नगरेको छानवीन गर्ने निष्कर्षमा पुगेको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले सो सम्बन्धमा एक हप्ता भित्र राय, सुझावसहितको प्रतिवेदन समितिमा पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो।

वाइडवडी विमान खरिद सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अनुसार भए\नभएको खुल्ने गरी समितिमा राय, सुझावसहितको प्रतिवेदन पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए। समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मीले समितिको छानवीन प्रक्रियालाई सहज बनाउन आफूले तोकेको अवधिभित्र आवश्यक राय, सुझावसहितको प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले प्रतिवेदनमा सो विमान खरिदका विधि र प्रक्रियाबारे सम्पूर्ण विवरण उल्लेख हुने जनाए। गत आइतबार बसेको समितिको बैठकमा सभापति शाहले वाइडवडी विमान खरिदमा ६ अरव घोटाला देखिएको दावी गरेका थिए। २४ अरव रुपैयाँमा खरिद गरिएको वाईडवडी विमानमा ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले छानवीनका लागि सम्बन्धित निकायसँगको छलफललाई निरन्तरता दिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083