सरकार संघीयताको विपक्षमा उभिएको छ : निधि

4.42K
shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको दावी गरेको छ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उनले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको बताए । उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी गरे ।

उनले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढने तयारीमा रहेको पनि बताए । उपसभापति निधिले पार्टी भित्र गुट\उपगुट नरहेकोे दावी समेत गरे । उनले पार्टीको विधान मस्यौदामाथि फरक मत रहेपनि त्यसलाई गुट\उपगुटको रुपमा बुझ्न नहुने बताए ।


Mitsubishi Long Ad