यो बृहत शिखर सम्मेलन गर्न यत्रो पैसा सरकारलाई कहाँबाट आयो ? : नेता ‘रावल’

5.16K
shares

काठमाडौँ । नेकपाका नेता भीम रावलले ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ गर्नेहरूलाई यत्राे पैसा कति, कहाँबाट आयो भन्ने प्रश्न गरेका छन् । नेता रावलले शुक्रबार सामाजिक सञ्जाल ट्विटर मार्फत त्यसको जवाफ जनतालाई दिनुपर्ने बताएका छन् ।

उनले ट्विटमा ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्‍यो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ’ लेखेका छन् ।

एशिया प्रशान्त शिखर सम्मेलन–२०१८ नेपालमा गत भदौमा सात राष्ट्रसम्मिलित बिम्स्टेक सम्मेलपछिको बृहत् यो सम्मेलन हो सम्मेलनमा ६ राष्ट्र–सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता रहने छ ।

सम्मेलनमा भाग लिन तथा नेपालको औपचारिक भ्रमणका लागि विभिन्न मुलुकका राष्ट्र–सरकार प्रमुख र विशिष्ट पाहुना काठमाडौँ आउने क्रम जारी छ । सम्मेलनमा भाग लिन टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी, म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौँ आइपुगेका छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आएका थिए । सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै छन् ।

कम्बोडियासँग नेपालको हवाई सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएकाले कार्यक्रमले भ्रमणको महत्व बढाएको छ । त्यस्तै टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी पनि बिहीबारै काठमाडौँ आएका छन् । सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आएका थिए ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्था सम्मेलनको आयोजक छन् । युपिएफ संयुक्त राष्ट्र सङ्घ, आर्थिक तथा सामाजिक परिषद्बाट मान्यताप्राप्त संस्था हो । विश्वका १५५ मुलुकमा यसको क्रियाशीलता छ ।

मङ्सिर १७ गतेसम्म काठमाडौँमा हुने सम्मेलनका लागि नेपाल सरकारले सुरक्षा प्रबन्ध गरेको छ । विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन नेपाल सरकारले तथा सम्मेलनको अन्य व्यवस्थापन आयोजक समितिले गरेको समितिका सहसंयोजक एकनाथ ढकालले जानकारी दिए । नेपाल सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’को नारालाई सहयोग गर्न सम्मेलनले मुख्य जोड दिने उनले बताए ।

सम्मेलन आयोजनाका लागि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी वास्ल र फिलिपिन्सको संसद्का पूर्वसभामुख तथा आइक्यापका संस्थापक अध्यक्ष जोसे डे भेनेसिया जुनियर पनि आबद्ध छन् ।

सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहभागी मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ भने सम्मेलनमा सात सत्रमा विषयगत छलफल हुनेछ । उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसद्हरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘ वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयका सत्र हुनेछन् । ती सत्रमा विज्ञको प्रस्तुति र छलफल हुनेछ । हाल विश्वमा गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पतन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, शस्त्रको होडबाजीजस्ता चुनौती देखिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083