नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सत्तारुढ दलकै आपत्ति

5.37K
shares

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै सरकारले ल्याएको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ स्विकार्य नहुने चेतावनी दिएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बिन्दा पाण्डेले सो विधेयकको सैद्धान्तिक प्रस्तावना माथिनै प्रश्न उठाउँदै स्विकार्य नहुने चेतावनी दिएका हुन्।

शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयक माथिको छलफलमा भाग लिँदै उनले आमाको नामबाट नागरिकता लिन पाउने कानुन व्यवस्था स्पष्टसँग उल्लेख नभएको भन्दै सो विधेयक स्विकार गर्न नसकिने प्रष्टयाएकी हुन्।

विधेयकमा नागरिकता लिने सम्बन्धि सबै व्यवस्थामा पुरुषलाई मात्रै प्राथमिकता दिइएको सांसद पाण्डेको आरोप छ। उनले २०६२र०६३ को जनआन्दोलनले आमाको नाममा नागरिकता दिने वैधानिकता दिलाएको उल्लेख गर्दै किन आमाको नाममा नागरिकता लिन पाउने स्पष्ट व्यवस्था विधेयकमा नगरेको भनी गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराइन्।

बुबा नभएको हकमा मात्रै आमाको नाममा नागरिकता पाउने भन्ने व्यहोरा मात्रै विधेयकमा उल्लेख भएकोमा उनको आपत्ति छ। सांसद पाण्डेले आमाको नाममा नागरिकता लिने स्पष्ट व्यवस्था नागरिकता सम्बन्धि ऐनमा हुनुपर्ने माग गरिन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083