नैनसिंह महरले आफूखुशी अर्थ संकलन गरेको आरोप

5.64K
shares

काठमाडौं। नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लबमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह विद्यार्थीले पत्रकार सम्मेलन गरेर संघको विधान सम्मेलन गरेर मात्रै १२औं महाधिवेश गर्नुपर्ने माग गरेका हुन्।

उनले भने, ‘बहुमत केन्द्रीय सदस्यको भावना र विधानको विपरित तोकिएको १२ औं महाधिवेशनको मिति आँफैमा कमजोर छ, घोषणा गरेको मिति महाधिवेशन गर्नको लागि होइन, मैदानबाट आएका नेविसंघका प्रतिनिधिबाट आगामी नेतृत्व चयन गर्नुपर्छ भन्नेमा हामी छौं, कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिँदैछ, जुन कुरा हामीलाई स्वीकार्य छैन।

परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ। उनले भने, ‘हालै परिमार्जित भएर आएको संघको विधानले पनि विद्यार्थीको हित गर्न सकेको छैन्, निर्वाचित स्ववियु सभापति र इकाई अध्यक्षहरुले स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ, दोस्रो कुरा अधिवेशन सम्पन्न गराउने जिल्ला अध्यक्ष र इकाई अध्यक्षहरु ३२ वर्ष माथिकाले पनि महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ भन्ने हाम्रो माग हो, नेतृत्वले यसमा ध्यान दिएको नपाइएपछि हामी आन्दोलित हुन बाध्य भएका हौं।’

प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरु छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले संगठनमा असमानताको स्थिति र्सिजना गर्ने उनको चिन्ता छ। ‘त्यसैले यो व्यवस्थालाई सच्याउनुपर्छ,’ उनले थपे।

संघका अर्का नेता मनोजमणि आचार्यको टिमले संघको महाधिवेशन गर्नको लागि आर्थिक खर्च पार्टीले ब्यहोर्ने परम्परा भएको जानकारी दिँदै संघका अध्यक्ष नैनसिंह महरले आफूखुशी अर्थ संकलन गरेको आरोप लगाए।


Mitsubishi Long Ad