राष्ट्रिय लोकतान्त्रिक अपांग संघद्धारा कांग्रेस मुख्यालयमा धर्ना

4.86K
shares

काठमाडौं। नेपाली काँग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। नेपाली काँग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघका नेता, कार्यकर्ताले आइतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन्।

त्यस क्रममा उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका थिए। संघले पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए।

संघले सोही बैठक चलिरहेका बेला आफूहरुको माग सम्बोधन गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो। माग पूरा नभए आमरण अनसन बस्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ । संवैधानिक व्यवस्था अनुसार पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित नगरे आमरण अनसन बस्न बाध्य हुने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिए।

यसैबीच, नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीको सबै तहमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको माग अनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सभापति शेरबहादुर देउवासँग माग गरेका छन्। उनले लोकतान्त्रिक पार्टी हुनुको नाताले पनि नेपाली काँग्रेसले विधान संशोधन गरिरहँदा पार्टीमा आवद्ध संघको सो मागलाई सम्बोधन गरेर जानुको विकल्प नरहेको पनि स्पष्ट पारे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083