राष्ट्रपति ‘भण्डारी’द्वारा रोयल क्यासल र संस्कृति तथा विज्ञान टावर अवलोकन

4.97K
shares

वार्सा । पूर्वी युरोपको देश पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानी वार्सास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका धरोहरको अवलोकन गरेकी छिन् ।

उनले रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गरेकी हुन् । रोयल क्यासल सन् १६०० तिर राजा सिग्मण्ड तृतीयले निर्माण गरेको कलात्मक दरबार हो । विगतमा विभिन्न किसिमका आक्रमणमा परेको यो दरबारको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गर्छ ।

राष्ट्रपति अवलोकनगरेको संस्कृति तथा विज्ञान टावरसन् १९५५ मा निर्माण भएको हो । सो टावर रुसका तर्फबाट दिइएको उपहारका रुपमा चिनिएको छ । टावरको निर्माणका लागि रुस र पोल्याण्डका गरी करीब नौ हजार मानिस सहभागी रहेको जनाइएको छ । तीस भन्दा बढी तला रहेको सो टावरमा विभिन्न सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम हुने गरेका छन् ।


Mitsubishi Long Ad