प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको परिषद बैठक निष्कर्षविहीन

5.07K
shares

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तीका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विनानिष्कर्ष सकिएको छ। प्रधानन्यायाधीशका लागि न्याय परिषदले योग्य ठहर गरेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाबारे थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठक सकिएको हो।

न्याय परिषदले योग्य ठहर गरेका दुई न्यायाधीशको बारेमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै आगामी शनिबार २२ गते पुन बैठक बस्ने गरी स्थगित गरिएको परिषदका सदस्य एवम् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय कार्य समिति बैठकमा जानुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

बैठकमा वित्त आयोगलगायतका संवैधानिक आयोगलाई पूर्णता दिने सम्बन्धमा पनि सामान्य छलफल गरिएको थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकाश पाउँदै छन्। त्यस अघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रधानमन्त्री केपी ओलीले परिषदको बैठक बोलाएका हुन्। संवैधानिक व्यवस्था अनुसार पद रिक्त हुनु एक महिना अघि नै संवैधानिक परिषदले प्रधानन्यायाधीशलाई सिफारिस गर्ने प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।

बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री ओली, प्रतिपक्ष दलका नेता देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, प्रतिनिधिसभाकी उपसभामुख डा। शिवमाया तुम्बाहाङफे र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल सहभागी थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083