‘नेपालको सङ्घीयता अन्य देशको भन्दा बिल्कुलै फरक छ’ : सभामुख महरा

5.46K
shares

गाईघाट । सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताएका छन् ।

उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक प्रकारको रहेको बताएका छन् ।

जनप्रतिनिधिले सङ्घीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नुभन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक सङ्घीयता स्वीकार गर्नपर्ने आवश्यकता रहेको धारणासमेत सभामुख महराले व्यक्त गरे । राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेकोमात्र आफूहरुको अधिकार हो भनेर बुझ्न समेत उपस्थित जनप्रतिनिधिलाई उनले आग्रह गरे ।

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र अधिवक्ता रामबहादुर थापाले समेत नेपालको वर्तमान सङ्घीयता र तीनै तहको अधिकारकारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको जिल्ला समन्वय समिति बैठकमा उदयपुरका अध्यक्ष खड्ग परियारले बताए । जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083